काठमाडौ । मौसमविद्ले भोलि (मंगलबार) देखि आगामी शुक्रबारसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा छिटपुट वर्षा हुने अनुमान गरेका छन्। बंगालको खाडीबाट नेपालतर्फ आएको जलवाष्पयुक्त हावासँगै पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभावको कारण आगामी तीन-चारदिनसम्म नेपालको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागकी मौसमविद् शान्ति कँडेलले भोलिबाट काठमाडौँको वायु प्रदूषण पनि…