एमाले कार्यदल प्रतिवेदन – ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु नै हारको कारण

काठमाडौं । नेकपा एमालेको चुनावी पराजयको प्रमुख कारणमध्ये पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नु रहेको कार्यदलको प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनका अनुसार भदौ २३ र २४ गतेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीलाई नै पुनः प्रधानमन्त्रीको उम्मेदवार बनाइँदा निर्वाचन ओलीको नेतृत्व र उनको विगतको सरकारको मूल्यांकन गर्ने चुनावमा परिणत भएको थियो…