रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा सुमो खस्दा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुने तीनै जनाको पहिचान खुलेको छ भने तीन जना बेपत्ता छन् । दुर्घटनामा घाइते भएका चार जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३०…