दसैँमा सामानको हाहाकार टार्न चीनसँगको तातोपानी नाका ३ दिनका लागि खुल्यो

काठमाडौं । दसैँका समयमा अत्यावश्यक वस्तु तथा सामाग्रीको आपूर्ति सहज बनाउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई स्वीकार गर्दै नाका खोल्ने निर्णय गरेको हो। निर्णयअनुसार अक्टोबर १८ देखि २० तारिखसम्म तातोपानी नाकाबाट कार्गो ट्रकहरूलाई मात्र आवतजावत गर्न…