उच्च अदालतका न्यायाधीश डाँगी सवार स्कार्पियो मकवानपुरमा दुर्घटना

काठमाडौँ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको जुराखेतमा दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा परेर मुख्य न्यायाधीश सहित ६ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर रमेश विष्टले जानकारी दिए । घाइतेहरूलाई उपचारको लागि हेटौँडा अस्पतालमा पठाइएको छ…