कांग्रेस इतरपक्षको राजनीतिक प्रतिवेदन – गगनमाथि पार्टीमा योजनाबद्ध चिरा पारेको आरोप

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा प्रस्तुत राजनीतिक प्रतिवेदनले पार्टीभित्रको विशेष महाधिवेशनको विवाददेखि जेन–जी आन्दोलन र त्यसपछि बनेको सरकारसम्मका घटनाक्रमको समीक्षा गर्दै कांग्रेसलाई वैचारिक तथा संगठनात्मक पुनर्जागरणको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय भेलामा नेता विमलेन्द्र निधिले बन्दसत्रमा प्रस्तुत गरेको प्रतिवेदनमा कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई विस्थापित गर्ने उद्देश्यसहित विशेष महाधिवेशन…