प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियो- मुख्यमन्त्री किरण थापा मगर

प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियो- मुख्यमन्त्री किरण थापा मगर


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन हुन नसक्दा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा चुनौती उत्पन्न भएको बताउनुभएको छ।

७१ औँ प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले हेटौँडामा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले संविधानले प्रदेशलाई दिएको अधिकार कार्यान्वयनका लागि प्रहरी समायोजन अपरिहार्य रहेको जोड दिनुभयो।

प्रदेशको भौगोलिक अवस्था, स्थानीय आवश्यकता र सुरक्षा चुनौतीलाई नजिकबाट बुझ्ने प्रदेश सरकारले नै प्रहरी परिचालन र सेवा प्रवाहमा प्रभावकारी भूमिका खेल्न सक्ने भन्दै उहाँले तत्काल समायोजन प्रक्रिया टुङ्ग्याउन संघ सरकारसँग आग्रह गर्नुभएको छ।