काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीको खुर्कोटमा दुर्घटना

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीको खुर्कोटमा दुर्घटना


सिन्धुली । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बस आज दिउँसो सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ।

खुर्कोटस्थित सडकबाट बस पल्टिएपछि अहिले घटनास्थलमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य जारी रहेको छ। सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहका अनुसार दुर्घटनामा केही यात्रु घाइते भएका छन्।

घाइतेहरूको अवस्था गम्भीर नरहेको र उनीहरूलाई तत्काल उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको स्पष्ट कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।