काठमाडौं । सरकारले बाढीबाट प्रभावित विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। त्यस्तै, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ र २ लाई पनि संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
यसैगरी, बाढीबाट प्रभावित बागलुङका गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई समेत तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय सरकारले गरेको छ।

प्रतिक्रिया