काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले हालैको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको शीघ्र पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ।
एक सन्देश जारी गर्दै पूर्वराजा शाहले देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण नागरिकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेकोमा दुःख व्यक्त गर्नुभयो।
उहाँले संकटको यस घडीमा राहत र उद्धार कार्यलाई थप प्रभावकारी बनाउँदै घरबारविहीन भएका पीडितहरूको स्थायी पुनःस्थापना र भत्किएका पूर्वाधारहरूको पुनर्निर्माणमा ढिलाइ नगरी प्राथमिकताका साथ काम गर्न सरकार र सरोकारवाला निकायहरूसँग आग्रह गर्नुभएको छ।

प्रतिक्रिया