न्यायाधीश गिरीकी पत्नीले गरिन् सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास

काठमाडौं । बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास गरेकी छन् । आइतबार दिउँसो उनले सर्वोच्च अदालतको गेटबाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् । जिउमा मट्टितेल खन्याएको देखेपछि उनलाई प्रहरीले रोकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । आरतीले जिल्ला न्यायाधीश समेत रहेका…