विश्वासकाे मतमा प्रचण्डकाे ह्याट्रिक, १५७ सांसद्काे पाए समर्थन

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। प्रचण्डले बुधबार १५७ मतका साथ विश्वासकाे मत पाएका हुन् । प्रचण्डले यसअघि २०७९ सालकाे २६ पुस र चैत्र २९ मा विश्वासको मत लिएका थिए । चैत्र २९ मा १७२ मत मात्र पाएका प्रचण्डले २६ पुसमा भने २६८ मत पाएका थिए ।