कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

नवलपुरको कावासोती नगरपालिका– ४ हसौरामा रहेको ६ सय घरपरिवारले अझैसम्म जग्गाधनी पुर्जा पाउन सकेका छैनन् । बस्ती बसेदेखि जोतभोग गर्दै आएका ६ सय घरधुरीको जग्गाधनी पुर्जा भूमाफियाको नाममा छ । कावासोती– ४ का वडाध्यक्ष नारायण लोहनीले ६ सय घरधुरीको करिब ६२ बिघा जग्गाको जग्गाधनी पुर्जा भूमाफियाको नाममा रहेको बताए । कहिल्यै बसोबास नभएको र आफ्नो जग्गा कहाँ पर्छ…