काठमाडौँ । चाडबाड आँगनमै आइसक्यो । जनताको ढाड सेकिने गरी मूल्य बढेको छ उस्तै । त्यहीमाथि देश आर्थिक संकटको चपेटामा पर्यो भनेर लगभग कारोबार ठप्प जस्तै छ । महँगीले दैनिक उपभोग्य वस्तु छोइसक्नु छैन । अझ जनतालाई रासनपानीको जोहो गर्न धौ–धौ परेको छ । अचाक्ली बढेको महँगीले उपभोक्ता मारमा परेका बेला सरकारलाई चाडबाडको छेको पारेर…