काठमाडौं । क्यानडाको राजदूतका लागि सिफारिस भएका भरतराज पौड्यालको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ। समितिको आइतबारको बैठकले परराष्ट्र मन्त्रालयका सचिवसमेत रहेका पौड्यालको नाम अनुमोदन गरेको हो। समितिमा पौड्यालमाथि सांसदहरूले विभिन्न प्रश्न सोधेका थिए। उनीमाथि परराष्ट्र सचिव हुँदा सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा आफ्नै छोरीलाई स्वीट्जरल्याण्ड पठाएको आरोप लागेको थियो। सांसदहरूले उनीमाथि लागेको…