च्याङ्ग्राको भाउ ५० हजार, खसीबोका सस्तैमा : स्थानीय भन्छन्- ‘खसी खाएरै दसैँ मनाउन पाए हुन्छ’

बागलुङ । ५० हजार पर्ने मुस्ताङ्गी च्याङ्ग्रा जो कसैको क्षमताभित्र रहँदैन । बडादसैँमा मीठो मसिनो खाने चलन भए पनि प्रतिकेजी २ हजार ५ सय केजीमा पाइने च्याङ्ग्राको मासु सबैको भान्सामा नपाक्न सक्छ । यस पटक हिमालपारिको जिल्ला मुस्ताङबाट थोरै मात्रामा भेडाच्याङ्ग्रा निर्यात भएको छ । माग उच्च भएपछि भाउ बढेकाले थोरै मात्र भेडाच्याङ्ग्रा निर्यात भएको…