काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँचथरको फिदिम नगरपालिका वडा–१२ डेरी बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। शाखारहित बैंकिङ सेवा उद्घाटन फिदिम नगरका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नम्बर १२ का वडाध्यक्ष कमलप्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेलले संयुक्त रुपमा गरे। शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन्।…