पदमार्गले जोडियो ताकमकोत शक्तिपीठ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ स्थित म्याग्दीको प्रमुख शक्तिपीठ ताकमकोत पुग्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माण भएको हो । पर्यटन तथा उद्योग कार्यालयमार्फत विनियोजन भएको १० लाख रुपैयाँ बजेटबाट देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माणलाई पूर्णता दिइएको धवलागिरि गाउँपालिका–७ का वडाअध्यक्ष अशोक खत्रीले जानकारी दिए । ‘चार वर्षअघि…