सिसाघारी सिमसारमा दैनिक ४ सय पर्यटक, संरचना निर्माणमा ३ करोड बढी खर्च

उदयपुर । उदयपुरको कटारी नगरपालिकास्थित कटारी बजारबाट ४ किलोमिटर दूरीमा सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्र पर्दछ । कटारी–५ मा पर्ने पर्यटनको प्रचुर सम्भावना रहेको यस सिमसार क्षेत्रमा बर्मजिया–भूल्के हुँदै दुवै तर्फबाट जान सकिन्छ । ६ वर्षअघि सुरु गरिएको भौतिक संरचना निर्माणमा हालसम्म ३ करोड बढी खर्च भइसकेको सिसाघारी सिमसार तथा पर्यापर्यटन समितिका अध्यक्ष दिलबहादुर अधिकारीले…