काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । सञ्चालक समितिको बैठकले पारित गरेपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने भएको हो । यसका लागि सञ्चालक समितिको बैठक बसेको छ । यसअघि बिहीबार बसेको गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले भने समीक्षा पारित गरिसकेको छ…