काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागजिनद्वारा प्रदान गरिने “बेष्ट बैंक अवार्ड २०२५” बाट सम्मानित भएको छ। शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन्। विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक…