सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–२० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । नेपालगञ्ज नगरप्रमुख प्रशान्त विष्टले मङ्गलबार नवनिर्मित भवनको शुभारम्भ गरे । महिला–पुरुष अपाङ्गतामैत्री शौचालयसहित १६ शय्या (बेड) क्षमताको दुई ठूला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर तथा १६ हस्पिटल बेड र १६ अक्सिजन सिलिन्डरसमेतको भवन सञ्चालनमा आएको हो । विसं २०७९ जेठ १७ गते निर्माण…