काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका निजी होटेलहरूले पालेका हात्तीहरूलाई कम्तीमा पन्ध्र प्रकारका झन्डै २,००० केजी खाना खुवाएर वनभोज गराइएको छ। पाँच दर्जनको सङ्ख्यामा हात्तीहरू सहभागी रहेको उक्त वनभोजमा उनीहरूलाई मन पर्ने विभिन्न फलफूल घाँसपात र अन्न खुवाइएको छ। उखु, ड्रागन फ्रुट, स्याउ, केरा, खरबुजा, धान, भेली, नुन, चनालाई हरियो घाँसमा बेरेर बनाइने कुची…