काठमाडौं । विश्व पर्यटन दिवसको सन्दर्भ पारेर एकै पटक ७२३ भारतीय धार्मिक पर्यटक नेपाल आएका छन् । नेपालका धार्मिक तीर्थस्थलको दर्शनको लागि उनीहरू नेपाल आएका हुन् । उनीहरू लुम्बिनी तथा जानकी मन्दिरको दर्शनपछि ९ असोजमा काठमाडौं आएका हुन् । भारतीय धार्मिक पर्यटकहरूले पशुपति दर्शन तथा ललितपुरको पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका…