काठमाडाैँ । खराब माैसमका कारण सोलुखुम्बूको लुक्ला विमानस्थलका हेलिकाेप्टर अवतरण गर्न नसकेर खाेटाङकाे लामीडाँडामा आकस्मिक अवतरण गराइएकाे छ । शुक्रबार काठमाडाैँबाट लुक्लाका लागि पर्यटक बाेकेर उडेका ७ वटा हेलिकाेप्टरलाई खोटाङको लामीडाँडामा आकस्मिक अवतरण गराइएकाे हाे । खाेटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार शुक्रबार दिउँसो १ बजेसम्म ७ वटा हेलिकोप्टर लामीडाँडामा अवतरण गराइएकाे छ ।…