काठमाडौं। पर्यटन प्रवर्धन गर्ने उद्देश्यले तनहुँको बन्दीपुर गाउँपालिकाले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरेको छ। बन्दीपुरमा जतिसक्दो धेरै पर्यटक भित्र्याएर आर्थिक गतिविधि बढाउने उद्देश्यले गाउँपालिकाले भ्रमण वर्ष घोषणा गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए। ‘बन्दीपुरमा पर्यटक आगमन संख्या वार्षिक दुई लाख पुर्याउने उद्देश्यसहित भ्रमण वर्ष घोषणा गरिएको हो,’ अध्यक्ष थापाले भने, ‘पर्यटकलाई आकर्षित गर्न हामी…