पूर्णरुपमा सञ्चालनमा आए बैंक तथा वित्तीय संस्था

काठमाडौँ- जेन जेड आन्दोलनका कारण प्रभावित भएको बैंकिङ सेवा आइतबारदेखि सुचारु भएका छन् । देशभरका बैंक तथा वित्तीय संस्था पूर्णरुपमा सञ्चालनमा आएका हुन् । बैंकहरुले आइतबारदेखि सबै कार्यालय सञ्चालनमा ल्याएको नेपाल बैंकर्स संघले जनाएको छ । आन्दोलनबाट क्षति पुगेका बैंकहरुका शाखा कार्यालय र एटिएमहरू पनि चाँडै नै सञ्चालन गर्ने तयारी थालिएको छ । शुक्रबारसम्म आंशिकरुपमा मात्रै…