साढे ९ प्रतिशतमा झर्‍यो कर्जाको औसत ब्याजदर

एक महिनामै कर्जाको भारित औसत ब्याजदर ०.१६ प्रतिशत बिन्दुले घटेको छ । २०८१ भदौमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.५२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । साउन मसान्तमा ९.६८ प्रतिशत रहेको यस्तो ब्याजदर निरन्तर घट्दो क्रममा छ । कोभिडमा घटेको ब्याजदर त्यसपछि निरन्तर बढेर २०७९ माघ र फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको थियो…