राष्ट्रिय वाणिज्य बैंकले घटायो निक्षेप र कर्जाको ब्याज, ७.७७ प्रतिशतमै कर्जा

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । बैंकले चाडपर्व योजनामा ७ वर्ष अवधिका लागि विद्युतीय तथा अन्य गाडी कर्जा ७.७७ प्रतिशत स्थिर ब्याजदरमा दिने भएको हो । यो योजना भदौ १ गतेदेखि कार्तिकसम्म मात्र लागु हुने बैंकले जनाएको छ । साथै बैंकले २ बर्ष अवधिका लागि जलविद्युत परियोजना कर्जाको…