काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन निर्देशन दिएको छ । आर्थिक वर्ष २०८१–०८२ को धितोपत्र शुल्क बुझाउनु बाँकी कम्पनीलाई नेप्सेले निर्देशन दिएको हो । तोकिएको समय नवीकरण शुल्क नबुझाए १० प्रतिशत जरिवाना लाग्ने नेप्सेले जनाएको छ । नेप्सेको अनुसार ५० करोडसम्मको चुक्ता पुँजी भएको कम्पनीले ५० हजार रुपैयाँ तोकेको छ…