काठमाडौं । लगातारको गिरावटपछि चौथो दिनमा सेयर बजार परिसूचक नेप्सेमा ५ अंकको सुधार आएको छ । बुधवार नेप्से सूचक ५.१६ अंकले बढ्दै १८ सय ९४.७६ अंकमा उक्लिएको हो । यसअघि आइतबारदेखि निरन्तर ओरालो यात्रामा रहेको नेप्से सूचक मंगलबार सम्ममा ६७ अंक माथिले घट्न पुगेको थियो । उसो त केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा वृद्धिपछि…