पर्सा । पर्साको पटेर्वासुगौली-२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो। बाघको आक्रमणमा परी टाउको, हात र शरीरको विभिन्न भागमा चोट लागेका अधिकारीको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। पटेर्वासुगौली-२ थरकट्टी गाउँका ३२ वर्षीय मनोज महतो उराँवको गत पुस ८ गते साँझ बाघले आक्रमण गरी ज्यान लियो। साँझको समयमा…