काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरुलाई पूरानै व्यहोराको चिठ्ठी पठाएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै टाइम्स अफ डे (टिओडी) मिटरका आधारमा बक्यौता उठाउने निर्णय गरेको थियो । मंगलबारको प्राधिकरणको सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्राधिकरणको पत्रमा २०७२ माघदेखि २०७५ बैशाखसम्मको बक्यौता विद्युत महसुल…