पोखरा फाइनान्सले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले यस वर्ष सेयरधनीहरूकाे हात खाली बनाउने भएकाे छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्तालाई निराश बनाएकाे हाे ।