विश्वको सातौँ ठूलो सेयर बजार बन्यो भारत

नयाँ दिल्ली । नोभेम्बरको अन्त्यमा भारतीय एक्सचेञ्जहरूमा सूचिकृत कम्पनीहरूको बजार पुँजीकरण करिब ४० खर्ब डलर नाघेको रिफिनिटिभको तथ्यांकले देखाएको छ । नेशनल स्टक एक्सचेञ्ज (एनएसई) भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज हो । पहिला बम्बे स्टक एक्सचेञ्ज भनेर चिनिने बीएसई एशियाको सबैभन्दा पुरानो शेयर परिसूचक हो । दैनिक कारोबारका आधारमा बीएसई भन्दा एनएसई ठूलो छ ।…