काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावितका लागि आठबिसकोट नगरपालिकालाई हालै ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कम्पनीका कार्यकारी निर्देशक रामबहादुर यादवले नगर प्रमुख रबि केसीलाई चेक हस्तान्तरण गरेका हुन् । यसैगरी, कम्पनीले दार्मा गाउँपालिका भूकम्प पीडितका लागि…