काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई पत्र काटेको छ। सोमबार बसेको मन्त्रिपरिषदको निर्णयअनुसार मन्त्रालयले प्राधिकरणलाई टिकटक बन्द गर्न आदेशात्मक पत्र पठाएपछि प्राधिकरणले पनि सेवा प्रदायकहरूलाई सोही व्यहोराको पत्र पठाएको हो । प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार टिकटक बन्द गरेकोबारे टिकटक मुख्यालयलाई पनि खबर गरिएको छ। मन्त्रिपरिषद् बैठकको निर्णय आएपछि…