कच्चा पदार्थ भनि ल्याइएको ट्रकमा कपडा र जुत्ता चप्पल भेटिए, संलग्नको आशंकामा वारेन्ट जारी

भैरहवा । एउटा घटना सेलाउन नपाउँदै अर्को घटना भैरहवा भन्सार कार्यालयमा निरन्तर हुँदै गइरहेको पाइएको छ । भैरहवा भन्सार कार्यालयले २०७८ पुसदेखि लक्ष्यअनुसारको राजश्व असुल गर्न नसकिरहेको बेला कर छलीको लागि विभिन्न गतिविधि भएका घटनाहरु बाहिरिरहेको छ । गत जेठको दोस्रो सातामा कीर्ते प्रज्ञापनमार्फत् भन्सार पास गराउन खोज्दा कार्यालयको ४ नम्बर गेटबाट एक ट्रक माछा…