ताप्लेजुङ । जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट ११ लाख २१ हजार रुपैयाँ संकलन भएको छ। सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट ११ लाख संकलन भएको हो। सोमबार र मंगलबार भएको सेमिफाइनल खेलबाट ४ लाख ६५ हजार रुपैयाँ संकलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए। क्वाटरफाइनलबाट ६ लाख ५५ हजार ८०० रुपैयाँ…