मुस्ताङ-स्याउको राजधानीका रूपमा प्रख्यात मुस्ताङमा स्याउ टिप्ने (पोस्ट हार्भेस्ट) कार्यतालिका सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समितिकी प्रमुख माया गुरुङको अध्यक्षतामा आज यहाँ बसेको स्याउ टिप्ने जिल्लास्तरीय समन्वय बैठकले उक्त कार्यतालिका सार्वजनिक गरेको हो । जिल्लामा उत्पादन हुने स्याउको गुलियोपना कायम गर्न र गुणस्तर कायम गरी उपभोक्ताबिच पृथक किसिमको ‘ब्रान्ड’ र पहिचान स्थापित गर्ने उद्देश्यले…