एउटा सालिक बनाएको ४५ हजारसम्म लिन्छन् गोविन्द

नवलपरासी । इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढुङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१३ का गोविन्द बोटे ढुङ्गामा आफ्नो कला भर्न लागि परेका छन् । सानै उमेरदेखि चित्रकला र हस्तकलामा होमिएका बोटे विगत १६ वर्षदेखि व्यावसायिक रूपमा मूर्ति बनाउन थालेका हुन्…