काठमाडौं। आन्तरिक अर्थतन्त्र शिथिल हुँदा विदेशी विनिमय सञ्चितिले लगातार कीर्तिमान बनाएको छ। चालु आर्थिक वर्ष फागुन मसान्तसम्म विदेशी विनिमय सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ बराबर पुगेको छ। गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेकामा ८ महिनामा १८ प्रतिशतले वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकका…