अमेरिकाबाट फर्केर पुर्ख्याैली जग्गामा कृषि उद्यम गर्दै सुशील

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गरेका छन् । हाल बागलुङमा बसोबास र काठमाडौँमा व्यवसाय गर्ने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुर्ख्याैली जग्गालाई सदुपयोग गर्न केराखेती सुरू गरेका हुन् । मंगला भेञ्चर कम्पनीमार्फत केराखेती गरेर बाँझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमा नै…