काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ । बुधबार तोलामा एकै दिन पाँच हजार रुपैयाँ बढेको छापावाल सुन बिहीबार पनि १७ सय रुपैयाँले बढेको हो । छापावाल सुन तोलाको एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको…