बागलुङ । जैमिनी नगरपालिका–१० राङ्खानी भेडिखर्कका स्थानीय आँगनमै धारा बनेपछि दङ्ग रहेका छन् । बर्खामा सामुदायिक धारा प्रयोग गरेपनि हिउँदमा कुवाको पानीमा निर्भर रहेका यहाँका स्थानीय अहिले गाउँमुनिको पानी घर–घरमै आउन थालेपछि खुसी भएका हुन् । स्रोत अभावका कारण लामो समयदेखि खानेपानीको संकट भोग्दै आएका यहाँका ३९ घरमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले लिफ्टमार्फत…