दुर्गम साल्पासिलिछोमा पुग्यो पहिलोपटक विजुली

भोजपुर । भोजपुरको दुर्गम साल्पासिलिछो गाउँपालिका–२ कुलुङको ठोटनेरीमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । सधैँ अन्धकार रहँदै आएको साल्पासिलिछोको दुर्गम गाउँमा पहिलोपटक बिजुली बलेपछि स्थानीयमा उत्साह देखिएको छ। जिल्लास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले आवश्यक सामग्री सहयोग गरेपछि स्थानीयको श्रमदानमा गाउँमा विद्युत् सेवा पुगेको हो । चाडपर्व नजिकिएसँगै यस क्षेत्रका ५० बढी घरपरिवारले विद्युत्को सेवा उपयोग…