मुगुमा पनि पुग्यो राष्ट्रिय प्रसारणलाइनको बिजुली, अब बिजुली पुग्न बाँकी एउटा जिल्ला !

काठमाडौं । मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारणलाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत पुर्‍याएको हो । प्राधिकरणले आइतबारदेखि गमगाडलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारणलाइनबाट विद्युत आपूर्ति दिन सुरु गरेको छ । प्राधिकरणले ४०० किलोवाट जडित…