ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु भएको छ । संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका हुन् । आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड हो । अध्यक्ष लिम्बूका अनुसार आगामी चार वर्षमा…