सिन्धुली । मनसुन सुरु भएसँगै बीपी राजमार्गमा यात्रा गर्ने यात्रु र चालकहरूको चिन्ता चुलिएको छ। बाढीपहिरोले सडक अवरुद्ध हुने र यात्रामै जोखिम बढ्ने डरले सताएको छ। गत असोजमा बाढीले चौकीडाँडा–बर्खेखोला खण्डको १२ किमि सडक भत्काएपछि अस्थायी मर्मतले जसोतसो यातायात चलेको छ। तर, पक्की सडक पुनर्निर्माणमा सरकारको ढिलासुस्तीले यो बर्खायाममा पनि यात्रुहरू डरैडरमा यात्रा गर्न बाध्य…