नारायणगढ-बुटवल सडक विस्तारको काम नसकिएपछि चौथोपटक म्याद थपको प्रयासमा चिनियाँ ठेकेदार

काठमाडौं- एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माणाधीन नारायणगढ-बुटवल सडक विस्तारको काम अझै सकिने सुरसार छैन। तेस्रोपटक थपिएको म्याद साउनमा सकिँदैछ। ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले २०८२ साउनसम्म सम्पन्न गर्ने प्रस्ताव आयोजनालाई दिएको छ। यो प्रस्ताव स्वीकृत भएमा चौथोपटक आयोजनाको म्याद थप हुनेछ। विसं २०७५ चैत ८ गते तत्कालीन समयमा…