बेनी । म्याग्दीको बेनी नगरपालिका-४ थाम डाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत गरेका छन् । चार वर्षअघि निर्माण भएको बालमखोला सिँचाइ आयोजनाअन्तर्गत थामडाँडा र बदमखोरीया क्षेत्रको सिँचाइ पाइपलाइनमा समस्या देखिएपछि उपभोक्ताहरूले आठ दिनसम्म श्रमदान गरी मर्मत गरेका हुन् । गाउँनजिक रहेको, रिजर्भ ट्यांकीदेखि करिब पाँच सय मिटर दुरीको पाई पलाइनलाई परिवर्तन गरेर नयाँ पाइपलाइन विस्तार…