पाँचथर । विशेषतः वर्षायाममा पूर्वी पहाडवासीलाई पिरोल्ने भेडेटार-रबि-राँके सडक निर्माणले पछिल्ला दिनमा गति लिएको छ। धनकुटा, इलाम र पाँचथरलाई जोड्ने १०० दशमलव ३६७ किलोमिटर लामो सडक निर्माणमा धनकुटातर्फ प्रगति देखिएको हो। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट सुरुआत भएको सडक पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ लेखगाउँसम्म चौडा विस्तार सम्पन्न भएको छ। उक्त खण्डको करिब ४५ किलोमिटर सडक चौडा सम्पन्न…